प्रकृतिविरुद्धको युद्ध बन्द गर्न गुटेरसको आग्रह

40
  •  
  •  
  •  

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मानव जातिले प्रकृतिविरुद्धको युद्ध बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

मड्रिडमा यो साता हुने जलवायु सम्मेलनको अघि उनले जलवायु परिवर्तनबारे सचेत गराएका हुन् ।
जलवायु परिवर्तनका खराब असर झन् उजागर हुँदै गर्दा उनले जलवायु परिवर्तनका खतराका सामु विश्व अब पछाडि हट्नै नसक्ने स्थितिमा पुगेको चेतावनी दिएका छन् ।

स्पेनको राजधानी मड्रिडमा यो साता हुने जलवायु सम्मेलनको अगाडि बोल्दै उनले प्रकृतिमाथि मानवजातिले चलाएको युद्ध बन्द गर्नु पर्न भन्दै विश्वव्यापी तापक्रम वृद्धिसँग जुझ्न राजनीतिक इच्छाशक्ति जुटाउनु पर्ने बताए ।

उत्सर्जन घटाउने सन्दर्भमा तोकिएका अन्तर्राष्ट्रिय लक्ष्य भेट्टाउन गरिएका प्रयास अत्यन्त अपर्याप्त रहेको उनले बताए ।

उनले ऊर्जाका लागि खन्ने र ड्रिल गर्ने काम बन्द गर्नुपर्ने बरु नवीकरणीय ऊर्जाले प्रस्तुत गरेका विशाल सम्भावनाको फाइदा लिनुपर्ने बताए ।

उनले मड्रिड सम्मेलनमा खासगरि विश्वका सबभन्दा धेरै प्रदूषक देशहरूबाट समाधानमा थप सहयोगको अपेक्षा गरेको बताए ।

जलवायु विनाशबाट जोगिन सकिने केही सम्भावना अझै रहेको उनको भनाइ छ ।


  •  
  •  
  •