असोज २ गते प्रधानमन्त्रीसहित प्रारम्भिक सम्मेलन गर्न प्रस्ताव

67
  •  
  •  
  •  

काठमाडौ, २४ भदौ (ओएनएस) : नेकपा–माओवादीका सचिव देब गुरुङले प्रधानमन्त्री सुशील कोइराला संयूक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अगाडि असोज २ गते राजनीतिक सम्मेलन गर्नुपर्ने बताएका छन् ।

यसअघि कांग्रेस एमालेले भदौ मसान्तभित्र राजनीतिक सम्मेलन गर्नेप्रस्ताव गरेको भएपनि नेकपा–माओवादीले असोज ४ गते सम्मेलन गर्नुपर्ने बताएको थियो । सचिव गुरुङले प्रधानमन्त्री अमेरिका जानु अघिल्लो दिन असोज २ गते प्रधानमन्त्रीसहित पहिलो चरणको प्रारम्भिक सम्मेलन गर्न सकिने बताए । ‘प्रधानमन्त्री सम्मेलनमा हुँदा राम्रो हुन्छ, मंगलवार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा सचिव गुरुङले भने,‘प्रधानमन्त्रीले सुरु गरेको प्रयास भएकोले प्रधानमन्त्री हुँदा सहज हुन्छ ।’

गुरुङले चार दलले चार वर्षसम्म टुङग्याउन नसकेको संविधानका अन्र्तबस्तुमा तत्कालै सहमति जुटाउन सक्ने अवस्था नरहेको तर्क गर्दै छलफलले लामो समय लिन सक्ने बताए । ‘चार दल छलफलको नाममा झारो टार्ने काम गर्न खोज्दैछन, त्यसरी हतारमा काम हुन सक्दैन । यसलाई हल्काफुल्का रुपमा नलिऔ, सहमतिको दस्तावेज बनाऔ, उनले भने ।

राष्ट्रिय राजनीतिक सम्मेलनको समय निश्चित गर्न नहुने भन्दै गुरुङले सम्मेलनमा संविधानसभा भित्र र बाहिरका दलरुको कुरा सुन्नु पर्ने भएकोले मोडालिटीको विषयमा आफूरुको कुनै अडान नभएर चार दल बसेर टुङग्याउन सकिने बताए ।

संविधान साझा दस्तावेज हुने भएकोले मुलभुत विषयहरुमा आफूहरु ‘ गिभ एण्ड टेक ’ गरेर सहमति कायम गर्न तयार रहेको भन्दै उनले संविधान सहमति र शक्ति सन्तुलनको दस्तावेज हुने भएकोले सबैको कुरा सुनेर सबैको भावना समेटेर निर्माण गर्नु पर्ने बताए ।


  •  
  •  
  •