गुरुप्रति

सन्दर्भ: गुरु पूर्णिमा
320
  •  
  •  
  •  

बाह्रखरी A B C D पढ्न सिकाउनेलाई
A (Apple)B(Ball)भन्न सिकाउनेलाई
सधैँ म सम्मान गर्छु नमन गर्छु
सरल अनि असल ब्यक्ति बन्न सिकाउनेलाई

शुद्ध शब्द उचारण गरी पढ्न सिकाउनेलाई
वाक्यको अर्थ खोलि भन्न सिकाउनेलाई
सबैले सम्मान गर्नु नै पर्छ
अन्धकारलाई चिरेर उज्यालोतर्फ बढ्न सिकाउनेलाई

१२३४ पढ्न सिकाउनेलाई
२×१=२ भनि भन्न सिकाउनेलाई
सम्मान कदर गर्नु नै पर्छ
अप्ठेरो पनि सरल तरिकाले गर्न सिकाउनेलाई

नयाँ बस्तु अनुसन्धान गर्न सिकाउनेलाई
यन्त्र उपकरणको प्रयोग गर्न सिकाउनेलाई
आदर कदर गर्नुपर्छ गुरुप्रति
नयाँ चिजको अविस्कार गर्न सिकाउनेलाई

सस्कार सँस्कृति जननी गर्न सिकाउनेलाई
विगत वर्तमान को अवस्था बुझ्न सिकाउनेलाई
सधैँ म सम्मान गर्छु गुरुप्रति
समस्याको समाधान गरी बढ्न सिकाउनेलाई

सफा अनि सुरक्षित रहन सिकाउनेलाई
के फाइदा के वेफाईदा छुट्याउन सिकाउनेलाई
गुरुप्रति सम्मान गर्छु
निरोगी तन्दुरुस्त बन्न सिकाउनेलाई

हातमा हात समाएर लेख्न सिकाउनेलाई
राम्रो बाटो तर्फ सधै बढ्न सिकाउनेलाई
सधैँ म सम्मान गर्छु
असल अनि सरल व्यक्ति बन्न सिकाउनेलाई

सुदिप वि.क
लमजुङ बेशीसहर नगरपालिका ११


  •  
  •  
  •