सृष्टिकर्ता गुरु

218
  •  
  •  
  •  

सृष्टिकर्ता गुरु ब्रह्मा, नमन छ तिमिलाई
संरक्षणकर्ता गुरु विष्णु, नमस्कार तिमिलाई
संहारकर्ता महेश्वर, कोटि नमन तिमिलाई
ब्रह्मा विष्णु महेश्वर, आशिष देऊ हामीलाई ।
नारायण ज्ञवाली
जे जे सिक्छौँ जो-जो बाट, सबै हाम्रा गुरु मानौँ
सिकाउने सिक्ने सबै, असल गुरु चेला बनौँ
पहिलो गुरु बाबु आमा, शिर झुकाई ढोग गरौँ
गुरुबाट जे-जे सिक्छौ, समाजमा सबै छरौँ ।
गुरु हो गुरुको माने, अन्धकार हटाउने
अन्धकार हटाएर, उज्यालोमा लम्काउने
हामि सधैँ केहि सिक्छौँ, सिकाउँछौँ गुणहरु
सिक्ने सबै हामी शिष्य, सिकाउने सबै गुरु ।
आफैँलाई नमन गरौँ, नमन गरौँ गुरुलाई
बाटो देखाउने सबै, आदर गरौँ सबैलाई
ज्ञान दिने शिक्षा दिने, गुरु हाम्रा कति धेरै
शिक्षा लिई ज्ञान दिदा सकिँदैन कति खेरै ।
सम्मान आज गुरुलाई, गुरु पुर्णिमाको दिन
आज मात्र सम्मान हैन, सम्झना छ हरेक दिन
हाम्रो जिवन चलेको छ, गुरुबाट ज्ञान लिई
हाम्रो आस्था बढेको छ, गुरुप्रति सम्मान दिई ।
गुरु बन्छौ योगा गर्ने, समूहका हामी सबै
शिष्य बन्छौ सिक्छौँ ज्ञान, बाँचिन्जेल हामी सँधै
शिक्षा लिने सिक्ने कुरा, पूरा हुन्न है कहिले
ज्ञान ध्यान योग व्यायम, गरौँ हामी जहिले ।

  •  
  •  
  •