गुरू नानकको ५०० औं जन्मजयन्ती

252
  •  
  •  
  •  

guru nanakकाठमाडौ, १४ असार (ओएनएस) : गुरू नानकका भक्तहरुले नेपालमा भूकम्पमा ज्यान गुमाएकाहरुको आत्मको शान्तिको कामना गर्दै कार्यक्रम गरेका छन् । गुरू नानकको ५०० औं जन्म जयन्ति १३ महिनासम्म नेपालका ७५ वटै जिल्लामा मनाउने उद्घोष गरेको समुदायले समुदायले भूकम्प पीडितका लागि शान्तिको कामना गर्दै कार्यक्रम आयोजना गरेको हो ।

‘भूकम्पमा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलीसहित आत्मको शान्तिको कामना गर्दछुु’ गुरु नानकदेव सेवा सोसाइटी अमेरिकाका सभापति मञ्जितसिंह खल्साले भने, ‘गुरु नानकदेवले १५१६ मा जन्म लिएको यस भूमिमा हामी शान्तिको कामना गर्दै १३ महिनासम्म ७५ जिल्लामा नानकदेवको ५०० औं जयन्ति मनाउने छौं ।’ उनले देव भूमी तपो भूमी नेपालमा समाजिक क्षेत्रमा काम गर्ने इच्छा नानकदेव सासाइटीको रहेको बताए ।

कार्यक्रममा विश्व विद्यालय वक्तित्वकला प्रतियोगिताका लागि नेपालका तर्फबाट छनौंट भएका यज्यु श्रेष्ठलाई ६४ हजार नगद हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा ५० देशका विद्यालयहरुले सहभागिता भाग लिनका लागि यातायात खर्च महिला, बालबालिका तथा समाजकल्याणा मन्त्री निलम केसी खड्काले हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा सभासद्हरु मदनबहादुर अमात्य, दिपक कुइकेल तथा रामहरि खतिवडा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •