१४ लाखको स्क्रिप्ट फन्ड ‘गुराँस’ ले जित्यो

91
  •  
  •  
  •  

काठमाडौं । सौरभ राईको निर्देशनमा बन्न लागेको फिल्म ‘गुराँस’ ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो (लगभग नेपाली १४ लाख) हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । यो रकमले स्क्रिप्ट लेखनको काम सक्ने निर्देशक राईले बताए । स्थिति सामान्य भए अर्को वर्षबाट छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ ।
यसअघि सौरभले निर्देशन गरेको फिल्म ‘निम्तो’ ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । नेपालमा ‘गुराँस’ लाई आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले निर्माण गर्न लागेका हुन् । उनले फिल्मको आइडिया राम्रो लागेपछि लगानी गर्न तयार भएको बताएका छन् । उक्त फन्डले फिल्मको कामले गति लिने निर्माता पोखरेलको विश्वास छ ।
आइसफलसँगै फिल्म निर्माणमा सञ्जय गुलाटी र क्राउलिङ एन्जलको पनि सहकार्य रहनेछ । निर्देशक राईले फिल्मको स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताएका छन् ।

  •  
  •  
  •