गुप्टिलले तोडे क्रिस गेलको रेकर्ड

309
  •  
  •  
  •  

marti guptilकाठमाडौ, ७ चैत(ओएनएस) : विश्वकप अन्तरगत आज भइरहेको अन्तिम क्वाटरफाइनल खेलमा न्युजिल्याण्डका प्रारम्भिक ब्याटस्म्यान मार्टिन गुप्टिलले दोहोरो शतक प्रहार गर्दै टोलीलाई ३ सय ९३ रनको स्थितिमा पुर्याएका छन् भने नयाँ रेकर्ड समेत कायम गरेका छन् ।

उनले मात्र १ सय ६३ बल खेल्दै २४ चौका र ११ छक्का प्रहार गर्दै २ सय ३७ रन जोडेर विश्वकपमा एकै इनिङमा सर्वाधीक रन जोड्ने ब्याटस्म्यान बनेका छन् । उनले वेष्ट इण्डिजका क्रिस गेलको रेकर्ड तोडेका हुन् ।

क्रिस गेलले जारी विश्वकप क्रिकेटको लिगमा नै दोहोरो शतक प्रहार गर्दै विश्वकपमा दोहोरो शतक प्रहार गर्न पहिलो ब्याटस्म्यान बनेका थिए भने गुप्टिल दोस्रो ब्याटस्म्यान बनेका छन् । क्रिस गेलले लिग चरणको जिम्बाब्बेविरुद्ध २ सय १५ रन जोडेका थिए । गुप्टिलले दोहोरो शतक प्रहार गर्ने क्रममा १ सय ५२ बलको सामना गर्दै २० चौका र ८ छक्का प्रहार गरेका थिए ।


  •  
  •  
  •