किन किनिन्छ, प्रहरीका हात–हतियार जथाभावी

87
  •  
  •  
  •  

काठमाडौं, २० असोज : जनशक्ति ६७ हजार भएको नेपाल प्रहरीसँग ५५ हजार थान हतियार छन् । दंगा नियन्त्रण ज्याकेट ४५ हजार थान छ, दंगा नियन्त्रण गर्न एकैचोटी सबै प्रहरी सडकमा निस्कनुपर्ने अवस्था कल्पना गर्न नसकिने भएकोले यो आवश्यकताभन्दा धेरै हो । तैपनि केहीअघि पुलिसका लागि १ अबै ३ करोड रुपैयाँको हतियार ४५ करोड रुपैयाँको राइट कन्ट्रोल गियर किन्ने प्रक्रिया अघि बढाइयो । प्रहरीको खरिदको कामसमेत हेर्ने प्रशासन विभागका प्रमुख राजेन्द्रसिंह भण्डारीको आपत्तिका बाबजुद अघि बढाइएको उक्त प्रक्रिया अर्थमन्त्री रामशरण महतको असहमतिका कारण रोकियो । गृहबाट सहमतिका लागि आएको प्रस्तावमा अथैले चुनाव सम्पन्न भइसकेको कारण देखाउँदैं असहमति त जनायोनै चालु आर्थिक वर्षमा हतियार खरिदका लागि बजेट पनि विनियोजन गरिएको छैन् ।

खरिद योजना बिथोलिएपछि ‘आगो’ भएको गृहले भण्डारीलाई उक्त जिम्मेवारीबाट सरुवा गर्न पञ्हरी पञ्तिष्ठानमा सरुवामात्र गरेन, उनीमाथि स्पष्टीकरण पनि सोधिएको छ– संगठनको हितविपरित खरिदमा सहमति जनाएको भन्दै । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 कान्तिपुर दैनिकबाट


  •  
  •  
  •