मोरङमा दिनदहाडै गोली प्रहार, दुई लाख लुटियो

464
  •  
  •  
  •  

बिराटनगर, १२ माघ (ओएनएस) : मोरङ, कर्सिया गाविसको कर्सिया बजारमा एक व्यक्तिमाथि दिनदहाडै गोली प्रहार भएको छ ।

जीवन विकास लघु वित्त संस्था फिल्ड सहायकमा कार्यरत विराटनगर रंगेली–११ का धनश्याम बहरदारमाथि बुधबार दिउँसो गोली प्रहार भएको हो ।

लघुवित्तको रकम संकलन गर्न जाने क्रममा गोली प्रहार गरी बहरदारबाट २ लाख रकम लुटिएको प्रहरीले जनाएको छ । बहरदारको बायाँ तिघ्रामा गोली लागेको र उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

घटनामा संलग्न १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । बाँकीको खोजविन भइरेको उनले बताए ।


  •  
  •  
  •