सुर्खेतमा गोली चल्दा २ को मृत्यु, १७ घाइते…(फोटोफिचर)

231
  •  
  •  
  •  

protest in surkhetसुर्खेत, २५ साउन(ओएनएस) : मध्यपश्चिम जिल्लामा देखिएको सीमांकनको आन्दोलन नियन्त्रण बाहिर गएको छ । सुर्खेतमा आन्दोनलकारीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि बाध्य भएर प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

protest in surkhet1यस्तै, आन्दोलनकारीहरूसँको झडपका क्रममा १० प्रहरी घाइते भएका छन् । गोली लागी मृत्यु हुनेमा वीरेन्द्रनगर ४ निवासी टिकाराम गौतम रहेका छन् भने अन्य व्यक्तिको पहिचान खुलेको छैन् । घाइतेहरूको स्थानीय कालागाउँ अस्पताल, माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले विभिन्न सरकारी कार्यालयमा तोडफोड गरिएको छ । जिल्ला प्रशासन कार्यालयको गेट भत्काइएको छ भने जिल्ला स्वास्थ्य कार्यालय लगायतका केही कार्यालयका सीसा फुटाइएको छ ।

protest in surkhet3करिब २० हजार प्रदर्शनकारी रहेको उक्त आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको बताइएको छ । अपुष्ट समाचारका अनुसार ३ जनाको मृत्यु भएको छ ।

यस्तै प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको पार्टी कार्यालयका कागजपत्रहरू बाहिर ल्याएर जलाइदिएका छन् । यस्तै, सुर्खेतका एसपीको गाडी समेत जलाइएको छ ।

protest in surkhet2नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको घरमा रहेको २ वटा बस, २ वटा बलेरो जीप र एउटा मोटरसाइकल जलाइएको छ ।


  •  
  •  
  •