बन्दुकसहित एक युवक बसुन्धाराबाट पक्राउ

418
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) : काठमाडौंको बसुन्धाराबाट एक युवक बन्दुकसहित पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कको प्रहरी टोलीले परशुराम नगरपालिका १ डडेल्धुराका सुरेश भण्डारी युवकलाई पक्राउ गरेको हो ।

इन्सपेक्टर सुवास खड्का नेतृत्वको टोलीले बसुन्धाराको इसान बाल अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको हो ।

युवकको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको छ । अभियुक्तलाई थप अनुसन्धनको लागि मंगलबार महानगरीय प्रहरी बृत्त महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •