१४ दिनदेखि बन्द छ गुल्मी, जनजीवन कष्टकर

158
  •  
  •  
  •  

काठमाडौँ, २८ मंसिर (ओएनएस) : प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अगल गर्ने गरी सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि विरोधमा आह्वान भएको गुल्मी बन्द अझै यथावत छ ।

५ नम्बर प्रदेशलाई टुक्र्याउन नहुने भन्दै आह्वान भएको बन्द मंगलबार १४औं दिन पनि जारी छ । झण्डै आधा महिनाको बन्दले गुल्मीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण बजार, उद्योग कलकारखाना खुलेका छैनन् भने गाडी पनि चलेका छैनन् ।

आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जिल्लामा फरक फरक प्रकृतिका आन्दोलन गरेर प्रदर्शन गर्दै आएको छ ।


  •  
  •  
  •