गुल्मी जीप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो

79
  •  
  •  
  •  

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा मृत्यु हुनेमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा रहेका छन् ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


  •  
  •  
  •