गुल्मीमा बाढी र पहिरोमा परि दुई जनाको मृत्यु

75
  •  
  •  
  •  

गुल्मी । गुल्मीमा बाढी र पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा बिहीबारराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्कबिहीन भएका छन् भने ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका छन् ।
घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएका छन् । पानी परिरहेकाले अहिले पनि पहिरो खसिरहेको छ । पहिरोले सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।


  •  
  •  
  •