गुल्मीमा पहिरोमा परी नावालकसहित एकै परिवारका चार जनाको मृत्यु

43
  •  
  •  
  •  

गुल्मी । गुल्मीमा पहिरोमा परी नावालकसहित एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति चट्टानसहित आएको पहिरोले स्थानीय राजु माझीको घर पुरेको हो ।

मृत्यु हुनेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बिना बोटेमाझी, उनका दशबर्षका छोरा हेमन्त बोटेमाझी, वर्ष ७ का सागर बोटेमाझी र दश महिनाकी छोरी बिनिता बोटे माझी रहेका छन् । उनीहरु चारै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •