बाढी र पहिरोले गुल्मीमा ६ जनाको मृत्यु

339
  •  
  •  
  •  

गुल्मी। सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा ६ जनाको ज्यान गएको छ ।
सोमबार राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुका ३० वर्षीय तिलकुमारी त्रामू , उनका छोरा वर्ष १० का दर्शन त्रामुको मृत्यु भएको हो ।

यस्तै, उनका १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् ।
यस्तै जिल्लाकै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शव फेला परेको छ ।
गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालका अनुसार शवको पहिचान हुन सकेको छैन ।

चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालको भनाइ छ ।  उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली त्यसतर्फ लागेको छ ।

यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ ।  सोमबार राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनिहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र आधिकारीक बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।


  •  
  •  
  •