पेरुका क्रान्तिकारी नेता गुज्मनको निधन

129
  •  
  •  
  •  

एजेन्सी । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन भएको छ । उनी पेरुको क्रान्तिकारी समूह शाइनिङ्ग पाथका नेता तथा संस्थापक हुन् ।

दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनले सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए ।

गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनलाई उच्च सुरक्षाको जेलबाट अस्पताल लगिएको थियो ।

पेरुमा एक दशक भन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबिच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएको वा बेपत्ता भएका थिए ।

गुज्मन पक्राउ परेपछि शाइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि सो समूहका केही सदस्यहरु सक्रिय छन् । गज्मनको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो ।


  •  
  •  
  •