नाइजेरियाली सेनाले यसरी छिनायो बोको हरामका लडाकुको टाउको…(भिडियोसहित)

244
  •  
  •  
  •  

काठमाडौ, २० साउन(एजेन्सी) : मानवअधिकार संस्था एमनेष्टी इन्टरनेशनलले मंगलबार एक भिडियो फुटेज जारी गरेको छ, जसमा नाइजेरियाली सेनाले बोको हरामका केही लडाकुहरूको घाँटी काटिएको देखाइएको छ । यसका साथै भिडियोमार्फत सेनाका केही अन्य क्रुर अपराधको समेत खुलासा गरिएको छ ।

nigeria-boko-haramपछिल्लो केही महिनादेखी चरमपन्थी संगठन बोको हरामद्धारा जारी हिंसा रोक्नका लागि नाइजेरियाली सेना आतंकियाविरूद्ध निकै द्रुतस्तरमा कारबाई गरिहेको छ, तर मानवअधिकार संस्थाद्धारा सेनाको ह्रिंसक तरिकाको कडा आलोचना गरिएको छ ।’

मानवअधिकार संस्थाका अनुसार बोको हरामको आतंकविरूद्ध कारबाईका क्रममा सेनाले उनीहरूलाई अमानवीय तरिकाले यातना दिइरहेका छन् । बोको हराम नाइजेरियामा इस्लामिक कानुन लागू गर्न चाहन्छ ।

एमनेष्टी इन्टरनेशनलद्धारा जारी भिडियोको प्रमाणिकता साबित हुन सकेको छैन् । यस सम्बन्धमा एमनेष्टीले भनेको छ की १४ मार्चमा उत्तर-पूर्वी शहर मैदुगिरीस्थित गीवा बैरकको बन्दी गृहमा बोको हराम आतंककारी हमलापछि यी युद्ध अपराधलाई बढावा दिइएको थियो । यसका साथै पछिल्लो केही महिनामा सेनाको अमानवीय कार्यको रेकर्डिङ्ग पनि यसमा दिखाइएको छ ।

यस्तै, नाइजेरियाली डिफेन्स प्रवक्ता मेजर जनरल क्रिस ओलुकोलेदका अनुसार सेनाद्धारा गरिएको यस जघन्य अपराधलाई वरिष्ठ सैन्य अधिकारीले गम्भिरतापूर्वक लिएको छ र यसको जाँच पनि भइरहेको छ ।

ओलुकोलेदले भने, ‘फुटेजमा देखिएको ठाऊँ हाम्रो अपरेशनल सीमाभन्दा बाहिरको हो । यसको जाँच हुनु पर्छ र पत्ता लगाउनु पर्छ की हाम्रो सिस्टममा यस्ता जघन्य अपराध कसरी भइरहेका छन् ।

यस सम्बन्धमा एमनेष्टी इन्टरनेशनलको सेक्रेटरी जनरलले सलील शेट्टीले बताए, ‘अचम्मित पार्ने नयाँ प्रमाणले के इशारा गर्छ भने सेनाको कारबाहीको नाममा अमानवीय कार्य भइरहेको छ । हामीले यससँग जोडिएका केही घटनाहरू एकत्रित गरेका छौ, जसले नाइजेरियाली सेनाले जघन्य अपराध गरिरहेको पुष्टी गर्छ ।’

नाइजेरियाली डिफेन्स प्रवक्ता क्रिसले फोरेन्सिक एक्सपर्टहरूले यस भिडियोको जाँच गरिरहेका छन् । उनले यदी उक्त भिडियो सही भएको प्रमाणित भए दोषीहरूलाई कानुनी कारबाही गरिने छ ।

के छ भिडियोमा?
भिडियोमा सेनाको कारबाहीको कयौ क्रुर कार्यहरू देखाइएको छ । भिडियोको एक दृश्यमा एक ठूलो चिहान देखाइएको छ र दोस्रो तर्फ लाशहरूको लाईन लगाइएको छ । एक दृश्यमा खाल्डोमा शवहरू हालिएको छ । यस क्रममा एक युवकलाई खाल्डोको नजिकै सुताइन्छ र सेनाको लुगा लगाएका व्यक्तिले चक्कुले उनको घाँटी काटिदिन्छन् । यसपछि मारिएका व्यक्तिलाई खाल्डोमा धकेलिन्छ । भिडियोमा केही अन्य व्यक्तिलाई पनि यसरी नै मारिएको देखाईएको छ ।


  •  
  •  
  •