सेल्फी पुरानो कुरा, अब नशा ‘ग्रुफी’को

387
  •  
  •  
  •  

groupfieजब सेल्फी शब्दको प्रयोग सुरू गरिएको थियो, हरेक मानिसको मष्तिष्कमा एउटै प्रश्न थियो आखिर के हो यो सेल्फी ? बिस्तारै-बिस्तारै स्मार्टफोनको लोकप्रियता बढ्दै जाँदा मानिसहरूलाई सेल्फीको तल नै लाग्यो । बिस्तारै हामी सेल्फीलाई ग्रुपमा समेत प्रयो गर्न थाल्यौ ।

सेल्फी पनि ग्रुपमा लिन थालिसकेपछि अब सेल्फी किन भन्ने प्रश्नले पनि धेरैको मनमष्तिष्कमा ठोक्किन थाल्यो र यसरी ग्रुपमा लिइएको तस्विरलाई सेल्फी होइन, अब ग्रुफी भन्नु पर्छ भन्दै गुफ्रीको प्रचलन सुरू भएको छ । मानिसहरूले ग्रुपमा तस्विर खिच्ने प्रचलनलाई अब गुफ्रीको नामले चिनिन थालेको छ र मानिसमा नशा पनि यसैको बस्दै गएको हामी देख्ने गर्छौ ।

मोबाइल कम्पनीले पनि यसै शब्दको प्रयोग गर्न थालेका छन् । गुफ्रीलाई आफ्नो मोबाइलको फिचर भन्दै प्रयोगकर्तालाई लोभ्याउने काम समेत गर्ने गरेका छन् । केही मोबाइल कम्पनीहरूले त गुफ्रीकै लागि भनेर फ्रन्ट क्यामराको क्षमतालाई बृद्धी समेत गरेका छन् ।


  •  
  •  
  •