ग्रीसमा ६.६ रिक्टरकाे शक्तिशाली भूकम्प

457
  •  
  •  
  •  

काठमाडौं,९ कार्तिक (एजेन्सी) : ग्रीसमा ६.६ रिक्टर स्केलको शक्तिशाली भूकम्प भूकम्प गएको छ। ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट बढी प्रभावित भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

युरोपेली भूमध्यसागरीय भू–गर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रविन्दु प्रभावित क्षेत्रको आसपासमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

हालसम्म यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन । विस्तृत विवरणको प्रतिक्षारत रहेको समाचारमा जनाइएको छ । –एएनआइ


  •  
  •  
  •