गृहद्वारा सिडिओसहित २६ सहसचिव र उपसचिव हेरफेर

549
  •  
  •  
  •  

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक सिडिओ तथा सहसचिव र उपसचिव गरी २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो । उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ ।

गृहले निकालेको सरुवा सूचीअनुसार रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा भएको छ ।
कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ ।

गोरखामा कार्यरत गजेन्द्रबहादुर श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर राउत, नुवाकोटमा द्रोण पोखरेल सरुवा भएका छन् ।

नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम, ध्रुवबहादुर खड्का उदयपुर सरुवा भएका छन् ।

उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारी)हरू रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ ।


  •  
  •  
  •