गृहमन्त्रीका भाइविरुद्ध आपराधिक लाभ र संगठित अपराधको अभियोग

314
  •  
  •  
  •  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापाविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक लाभ ‘एक्सटर्सन’ र संगठित अपराधको अभियोग लगाएको छ ।

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोगमा नरेशसहित ९ जनाविरुद्ध सो अभियोग लगाइएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमान सिंह बस्नेतविरुद्ध पनि अभियोग लगाइएको छ ।

समिरमानले जेलबाटै फिरौती उठाएको विषयमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले गृहमन्त्री थापाका भाईलाई पनि पक्राउ गरेको हो ।

अभियोग लगाइएका मध्ये एक जना फरार छन् । केन्द्रीय कारागारमा कार्यरत शसस्त्र प्रहरी जवानलाई पनि पक्राउ गरि मुद्दा चलाइएको छ । प्रतिवादी बनाइएकामा समिरमान र नरेशसहित पवन खड्का, सुरेश नगरकोटी, जावेद अनवद्धिन, विनोद लामा, विरबल भट्टराई, मनबहादुर मगरलगायत छन् ।


  •  
  •  
  •