गृहमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा

82
  •  
  •  
  •  

काठमाडौं । वर्षाका कारण पुर्‍याएको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको एक टोली प्रदेश २ को रौतहटमा पुगेका छन् । बाढी तथा डुबानले पुर्‍याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न टोली तराईका विभिन्न जिल्लामा जान लागेको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साह लगायतको टोली २ नं प्रदेशका जिल्लाहरुमा जाँदै छन् ।

टोलीसँगै रौतहट पुगेका गृहमन्त्री थापाले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने बताएका छन् । गृहमन्त्री थापाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •