ग्रेटर नेपालका संयोजक बैंकिङ कसुरको आरोपमा पक्राउ

511
  •  
  •  
  •  

काठमाडौं, १० वैशाख(ओएनएस) : ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् ।

गौशालामा रहेको इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको जानकारी दिएका छन् ।

नेपालले न्यौपानेलाई तिर्नुपर्ने ६ लाख पटक पटकको ताकेतापछि चेकमार्फत दिएको भएपनि बाउन्स भएपछि प्रहरीकहाँ पुगेको बताइएको छ ।

गौशालाबाट पक्राउ परेका नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता नेपालले भने न्यौपानेले हिसाव गोलमाल गरेर आफूलाई फसाउन खोजेको दाबी गरेका छन् ।


  •  
  •  
  •