ग्रान्डी बच्चा उपचार प्रकरण : यस्तो छ वास्तविकता

1341
  •  
  •  
  •  

काठमाडौं । पछिल्ला केहि दिन यता काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा लापरबाही भएको भन्दै बिरामीका आफन्तले लगाएको आरोपले सञ्चारमाध्यममा चर्चा पाएको छ ।

हुन् त ९० जनाको ज्यान जाने असार अन्तिम साता बाढीपहिरो आयो, पीडितको पीडामा अझै मल्हल लागेको छैन ।

सञ्चारमाध्यमले उठान गरेका सवाल यस्तै छन् । ग्राण्डी अस्पतालमा उपचार गर्ने क्रममा गरिएको भनिएको लापरबारीको समाचारले समाजमा एक प्रकारको तरङ भने पक्कै ल्याएको छ ।

यस्तो थियो घटना

२०७५ असार १२ गते ग्रान्डी अस्पतालमा सञ्जिवचन्द्र  न्यौपाने र एकता घिमिरेको पहिलो सन्तान जन्मियो । सामान्यतया ४० हप्तामा परिपक्व हुने भए पनि आमालाई थाइराइड र कलेजोमा बोसो जम्ने समस्या भएकाले डाक्टरकै सल्लाहमा शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको थियो ।

शुरुमै शिशुलाई निमोनियाबाट शुरु भएको संक्रमण म्यानेन्जाइटिस सम्म पुगेपछि उपचारका लागि अस्पतालमै राखियो । तीन महिनाको अवधिमा ४ पटक टाउकोको शल्यक्रिया गरियो । चार पटक शल्यक्रिया भएका कारण ९ महिनाको अवधिसम्म हरेक महिना अस्पतालमा फलोअपका लागि लाने र घर ल्याउनेकामले निरन्तरता पाइरहयो ।

९ महिनापछि पुनः ५ औँ पटक टाउकोको शल्यक्रिया गरियो । बच्चाका बुबा सञ्जीवका अनुसार हरेक पटक शिशुको अवस्थामा सुधार आएको भनिए पनि अवस्था भने झन्–झन् जटिल बन्दै गएको रहेछ । अहिले बच्चा जीवनमरणको दोसाँधमा छ ।

अस्पतालले निरन्तर चेकजाँच र उपचार गर्दै आएपनि बच्चा जन्मेको १० महिना पछि बल्ल ‘ब्रेन ड्यामेज’ भएको बताएको थियो ।

सञ्जीवको फेसबुक स्टाटस…

Dear All, You might have not seen my any activities in FB from last few months. There is something bad happened in my life and I would like to share my incident with all of you happened at Grande International Hospital, Dhapasi and the sole intention of my post is to aware you all who are going to become a new dad. Last year on June 26th we gave birth to our son. From Day 1, He was admitted in the same hospital and stayed in NICU for almost 90 days. This is the toughest part …Continue reading

के साच्चै सञ्जीवले भने जस्तै समस्या वा घटनाको चुरो कुरा के हो त ?

हामीले घटनाबारे जानकारी लिन ग्रान्डी अस्पतालका कार्यकारी व्यवस्थापक डा.चक्रराज पाण्डेसँग कुराकानी गर्ने प्रयास ग¥यौँ । पटक–पटकको प्रयास असफल भयो । अन्ततः उनले मोबाइलमा एसएमएस गरी सो घटनाका बारेमा बच्चाको शल्यक्रिया गर्न नेतृत्व लिएका डा.अमित थापासँग नै सम्पर्क गर्न आग्रह गरे ।
उनीसँग टेलिफोनमा कुराकानी गरेपछि ओएनएस टीम ग्राण्डी अस्पताल नै पुग्यो, उनलाई भेट्न । भेटघाटमा ग्राण्डीका जनरल म्यानेजर विकासमान सिंह, बजार व्यवस्थापन विभागका प्रमुख दिनेश पौडेल र शल्यक्रियाको नेतृत्व गरेका डा. अमित थापा थिए ।

के भन्छन् डा. अमित ?

बच्चाको पाँचौ अप्रेशन अप्रिल ३ तारिखमा भयो । त्यससछि म एक महिनाका लागि क्यानडा गए । म क्यानडामा रहेका बेला यहाँ (काठमाडौं ) मा त्यस विषयमा बहस भएको रहेछ । फर्केर आउँदा मेडिकल काउन्सिलको लेटर मेरो हातमा थम्याइयो ।

काउन्सिल भनेको हाम्रो लागि ‘कोर्ट’ सरह हो । त्यहाँ हाम्रो क्षेत्र बुझ्ने विशषज्ञ हुन्छन् । हामीले सबै डकुमेन्ट त्यहि बुझाइदियौँ । यो बच्चाको समस्या र यसका लागि गरिएको उपचार पश्चात भएको प्रगतिका बारेमा हामीले अमेरिकाबाट छापिने जर्नलमा समेत छापेका थियौँ । सफल कथा भनौ या घटनाको रुपमा ।

उहाँको बच्चाको ब्रेनमा म्यानेन्जाइटिस बिग्रेर पिप बनिसकेको अवस्था थियो । यो अवस्था झन् धेरै खतरा हो । यस्तो समस्या भएका बिरामीको एन्टीबाइटिक शुरु हुनुभन्दा अगाडि १ सय प्रतिशत मोटालिटी थियो । हामीले त्यस्तो बच्चालाई बचायौँ । हासेको अनुहार आमा बुवालाई देखाइदियौँ ।

मैले उहाँलाई भनेकै थिए– यो नेचुरल कोर्ष हो । कसैलाई डाइबेटिज भएको छ, उसले सबै औषधि खाएको छ । तर डाइबेटिज भएको बिरामीको आँखा बिग्रन सक्छ, मुटु बिग्रन सक्छ, न्यूरोप्याथी हुनसक्छ, किड्नी बिग्रनसक्छ, ।

त्यसरी नै दिमागभित्र पिप फैलिसकेपछि पटक–पटक ब्रेनभित्र पानीको बाटोहरू बन्द हुनसक्ने सम्भावना हुन्छ । यसो भन्दा बिरामीको बुबा सञ्जयले भन्नुभएको थियो, ‘५ के २० पटक भए पनि अप्रेशन गराउँन म सहमतछु ।’

american association of pediatrics (Aa\P) ले दुई महिनाभन्दा मुनिको बच्चालाई मेनिन्जाइटिस हुने सम्भावना एकदमै धेरै हुन्छ भनेर आफ्नो पब्लीकेशनमा समेत प्रकाशित गरेको छ

उहाँको बच्चा २३ दिनको । यो अवधीमा पुग्दासम्म उसको छातिमा इन्फेक्सन भैसकेको रहेछ । जति बेला मैले बच्चालाई हेर्न गए त्यतिबेला आइसियूमा भर्ना गरिसकिएको थियो । निमोनिया भनेर डाइगोनोसिस गरिएको थियो ।

निमोनिया पनि केलेप्सेला भन्ने प्रकारको रहेछ । त्यसको लागि दुई हप्ताको एन्टीबाइटिक चलाउनुपर्छ । डाक्टरहरुले त्यहि अनुसारको एन्टीबाइटिक दिनुभएको रहेछ । डिसचार्ज गरिएको पाँचौ दिनमा फेरि बच्चालाई ज्वरो आएकाले भर्ना गरियो । ज्वरो मात्र नभएर बिरामी एकदमै कमजोर हुँदै गएको थियो ।

बिरामी रोइरहने, एकोहोरो हेरिरहने । यस्तो देख्दा हामीले पक्कै दिमागमा केही छ भनेर बुझिहाल्यौँ । किनकी त्यो ‘ब्रेनको सिङटोम’ हो ।

बच्चाको समस्या पत्तालगाउन हामीले अनुमान गरेको रोगको आधारमा उसको ढाडबाट पानी निकालेर परीक्षण गर्न लगायौ । अनुमान सहि नै भएछ बच्चाको डाइगोनाइसिस मेनेन्जाइटिस भयो । उसको अवस्थाको कुरा गर्दा ढाडको पनि पारर्दर्शि हुनुपर्नेमा धमिलो मात्र नभएर पिप नै बनिसकेको थियो ।

हामीलाई थाहा थियो कि सानो बच्चालाई पटक–पटक सिटी स्क्यान गराउनुहुँदैन । एम आर आइ गराउन बच्चालाई सजिलो हुदैन । बेहोस गराउन आवस्यक हुन्छ । त्यसैले हामीले अल्ट्रसाउन्डलाई रोज्यौ । बच्चाको तालु खुला हने हुँदा यसबाट पनि धेरै थाहा पाउन सकिन्छ ।

पहिलो पटक ब्रेनभित्रको अल्ट्रासाउन्ड गर्दा नै बच्चाको ब्रेनमा अलिकति पिप जमेको देखियो । हामीले एमआरआइ पनि गरेयौ । यसको रिपोर्टमा पनि दिमागभित्र पिप जमेको देखियो । बच्चाको कन्डिसन राम्रो थिएन ।

मेनेन्जाइटिस बिग्रेर दिमागभित्र चारैतिर पिप जमेको हामी एमआरआई गरेपछि प्रष्ट भयौँ । एमआरआइमा उसको दिमाग एकदमै बिग्रेको देखियो । अब हामीले तुरुन्तै काम गर्नुप¥यो भनेर त्यतिबेला नै बच्चाको बुबालाई बोलाएर सबै कुरा भन्यौं । दिमागमा पनि समस्या देखिन्छ ।

बच्चा बचाउने हो भने हामी अगाडि बढ्छौ । तर बच्चालाई दिमागी समस्या हुने, सामान्य बच्चाजस्तो नहुन पनि सक्छ भनेर भनेका थियौँ । इन्फेक्शनलाई सफा गर्न धेरै पटक अप्रेशन गर्नुपर्ने हुन सक्छ भनेर मैले नै भनेको थिए । उहाँले जसरी भए पनि उपचार गरौँ । जे गरेर भए पनि बचाऔ भन्नुभयो । उहाँलाई मात्र होइन उहाँको आफन्त सबैलाई बच्चाको अवस्था बारे भने ।

भर्ना भएको बिरामीको राउन्ड हुँदा म कहिले पनि एक्लै हुन्न, हाम्रो टीम हुन्छ । हामी सबैको अगाडि कुरा गर्छाै । जहिले पनि कुरा गर्दा पनि उहाँले भन्नुहुन्थ्यो– ’डाक्टर साब जसरी भएपनि बचाऔँ ।’

पहिलो अप्रेशन ६ अगस्ट २०१८ मा भएको थियो । त्यसको ८ दिनपछि बच्चाको ज्वरो पनि कम हुन थाल्यो । बच्चा अलि राम्रो भएको देखियो । हामीले दुर्विन छिराएर दिमागको पानी पिपलाई सफा ग¥याै । जुन भिडियो मसँग सुरक्षित छ । अवस्था यति नराम्रो थियो कि पिप चारैतिर फैलिएको थियो, पिपले गर्दा भित्र केहि देखिदैनथ्यो ।

पिप निकाल्न जुन पाइप राखिएको थियो । त्यो ५ देखि ७ दिनसम्म मात्र राख्न मिल्छ । त्यो पाइप निकालेपछि २८ तारिख तिर अर्को पाइप हाल्यौं । ५, १३ र २८ तारिखको अप्रेशन दिमागभित्रको इन्फेक्सन सफा गर्नका लागि भएको थियो ।

त्यसले गर्दा बच्चा पनि डिस्चार्ज पनि हुन पायो । बच्चाको ज्वरो पनि निको भएको थियो । छाति टेस्ट ग¥यौं । सबै सफा देखियो ।

दिमागभित्र माथिबाट पानी आउने भनेको दुईवटा मुहान हुन्छ । दुई वटै बाटोको मुहान बन्द भएको देख्दा दुई वटै बाटोमा पाइप राखेर त्यसलाई एउटै बाटोबाट पेट हुदै निकाल्र्या । यो काम ११ सेप्टेम्बर २०१८ मा गरेका थियौ ।

त्यसपछि बच्चा राम्रो भएर गयो । इन्फेक्सन फ्रि, बच्चाले आमाको दुध पनि खान थाल्यो । डिस्चार्ज भएपछि पनि उहाँहरुले घरबाटै बच्चाले हासेको फोटो पठाउनु हुन्थ्थो ।

उहाहरुलाई हुन सक्ने सबै लक्षण सुझाएका थियौ । हामीसग घरबाट कुराकानी गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो हामीले तालु छामी रहेका छौँ, फुलेको छैन । टाउकोको साइज नाप्दा जुन ओभर साइज छ त्योभन्दा कम नै रहेको बताउनुहुन्थ्थो । यो अवस्थासम्म उहाँहरुबाट हामीले नेगेटिभ कुरा पनि सुनेनौ ।

उहाँहरुले हामीसग बच्चा यताउता गर्न थालेको भन्नुहुन्थो । आमालाई हेर्छ भन्नुहुन्थ्थो । हामीले पक्कै पनि दिमागको एक्सन आइरहेको छ भन्ने बुझ्यौ ।

मार्च महिनामा उहाँहरुले अल्ट्रासाउन्ड गराउँदा रिपोर्टमा थर्ड भेन्ट्रिकलको साइज ८.८ सेन्टीमिटर लेखेर आयो । मैले उहाँलाई के बुझाए भने तपाईको बच्चाको टाउकोको साइज अहिले सम्म बढेको छैन । ओपिडिमा गएर साइज नाप्यौ । तालु फुलेकोे छैन ।

८.८ सेन्टीमिटर थर्ड भेन्ट्रिकलको साइज हुदा देखिने कुनै पनि नराम्रो लक्षण बच्चामा देखिएको छैन । त्यसैले म ढुक्क छु यो रिपोर्टमा भनिए जस्तो थर्ड भेन्ट्रिकलको साइज ८.८ सेन्टीमिटर होइन मैले भने

यस अघि नोभेम्भरमा गरेको एमआरआइमा भन्टिकल ५.५ सेन्टीमिटर फुलेकै थियो ।

मैले पुन तीन हप्तामा उहाँहरुलाई बोलाए । तीन हप्तामा हामीले अल्ट्रासाउन्ड गराउँदा त्यहि भेट्रीकलको साइज बढेको पाइयो । जति बेला हामीले टाउकोको आकारको नाप लिँदा झ्वाट्टै बढेको देखियो । तालु पनि फुलेको देखियो ।

अनि मैले भने यो नराम्रो लक्षण हो । हामी अब नपर्खाै । एमआरआइको लागि अगाडि बढी हाल्याँै भनेर मैले उहाँलाई एमआरआइको सल्लाह दिए ।

एमआरआइमा हामीले दुईवटा पाइप राखेका थियौं । पानी त¥याउनको लागि त्यो बाहेक दुई वटा अर्काे ठूलो ठूलो फोका बनेको रहेछ ।

जुन फोकाले पहिला राखेको पाइपलाई धकेलेर त्यसको मुहान नै बन्द गरिदिएको थियो । मुहान बन्द भएपछि हामीले पाँचौ अप्रेसनको लागि ३ अप्रिलमा हामीले बोलायौं ।

जहिले पनि म अप्रेसन भन्दा अगाडि बिरामी अथवा आफन्तसँग कुरा गर्छु । दुर्भाग्य भनौ वा के भनौँ त्यो दिन म अप्रेसनमा व्यस्त भए । उहाँको बच्चालाई ओटीमा ल्याइसकेको थियो । ठिकै छ ओटी पछि कुरा गरौँला भने तर हाम्रो टीमको अरु डाक्टरले कुरा गरिसक्नु भएको थियो ।

मैले अप्ररेशनको भिडियो खिचेर बच्चाको बुबाआमा दुवैलाईसँगै राखेर बच्चाको दिमागको बाटो यहाँ बन्द थियो । यसरी खोलेको हो भनेर पूरै भिडियो देखाए ।

उहाँ खुसी हुँदै भन्नु भयो । मैले त्यतिखेर पनि उहाँलाई भनेको थिए हेर्नुहोस्–मैले आजको बाटो खोल्देको छु तर यसले भोलिका दिनमा पनि दुःख दिन सक्छ ।’

दुई दिनपछि सिटी स्क्यान पनि गरायौँ । सिटी स्क्यानमा पहिलाको बाटो जुन बन्द थियो त्यो खुलेको र दिमाग पनि राम्रो भएको देखियो ।

त्यसपछि म मुलुक बाहिर गएँ । फर्केर आउँदा मेडिकल कान्सिलको चिठ्ठी हातमा प¥यो ।

१९७४ र ७५ को दुईवटा पब्लिकेसनले एकदमै स्पष्ट भनिसकेको छ कि ब्रेनको साइज जस्तो सुकै भए पनि तपाईको बच्चा निको हुँदैन भन्न मिल्दैन ।

किनभने तीनवर्ष सम्मको बच्चामा बे्रनको बिकास हुन सक्ने कुरा प्रस्तुत गरेको छ । जसमा भनिएको छ एकदमै दिमाग बिग्रेको बच्चाहरुमा पनि आइक्यू चाही ७०–८० सम्म पुग्न सक्छ । यो तथ्य हाम्रो सामु हुदा हामीले त्यो बच्चालाई कसरी नराम्रो कुरालाई प्राथमिकता दिने । बच्चा राम्रो हुनै सक्दैन भन्ने ।

हामीले उहाँलाई भनेका थियौ बच्चामा सुधार नआएको भए हामी अगाडि बढ्ने नै थिएनौ । बच्चामा सुधार भएकै कारणले हामीले उहाँलाई पाँचौ अप्रेसनको सल्लाह दिएका थियौँ ।

‘एउटा गल्ती’

हाम्रो तर्फबाट एउटा गल्ती भएको छ । पारासिटामोलको ओभर डोज भएको थियो । त्यसको लागि अस्पताल प्रशासनले कडा निर्णय लियो । जुन डाक्टरहरुको ड्युटीमा त्यस्तो भएको थियो, उहाँहरुलाई निलम्बित नै गरेको छ ।

हामीलाई थाहा थियो बिरामीलाई पारासिटामोलको ओभरडोज भएको छ भने उसलाई लिभरको समस्या हुन सक्छ । लिभरको टेस्ट गरायौँ तर कुनै समस्या भएको रहेनछ ।

ओभरडोजको कारण पुन बच्चालाई पारासिटामोल दिन मिलेन तर बच्चालाई ज्वरो आइदियो । हामीले पानी पट्टी दिएर नै ज्वरो नियन्त्रण गरेयौ । अरु कुनै उपाय थिएन ।

पछिल्लो समय १७ अप्रिलमा डिस्चार्ज गरिसकेपछि हामी कहाँ आउनुभएको छैन ।
त्यसैले अहिलेको स्थिति के छ मलाइ थाहा छैन तर बच्चाको दिमागको पानीको बाटो फेरि बन्द भएको हुन सक्छ । मेरो अनुमानमा बच्चाको अबस्था निकै नै बिग्रिसक्यो होला ।

बीचमा बच्चा राम्रो भयो उहाँले मलाई भगवान बनाइदिनुभयो । उहाँले कतिपटक भन्नु भएको थियो । तपाई डाक्टरलाई म भगवान मान्छु भनेर । तर जतिबेला जटिलता हुनथाल्यो उहाँले अस्पतालले यो गर्यो डाक्टरले यो गरयो भन्दै मिडियामा आउनु भयो ।

हाम्रो पेशा नै यस्तै हो अपजस । राम्रो हुँदा मात्र राम्रो बिरामीको रोगको प्रकृति नै यस्तै हो हामीले सकेको गर्ने हो । गर्नुपर्छ गर्नुभयो भनेर नसोच्ने ।

 

काउन्सिलमा उजुरी

बच्चाको उपचारमा लापरबाही भएको भन्दै पीडित पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको छ ।

पिढीत पक्षको उजुरी पछि काउन्सिलले डा. ढुण्डिराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

‘छानविन गर्दैछौं’ : संयोजक पौडेल

हामी छानबिनका लागि सम्बन्धित विज्ञ राख्छाै । जसविरुद्ध उजुरी परेको हुन्छ, क्षमता दक्षताको आधारमा त्यसै बिषयमा आधारीत तर त्यो भन्दा अनुभबी व्यक्ति खोज्छौँ । तर सँधै भनेजस्तो पाइदैँन ।

कसैको समय नै हुँदैन । खोज्दा–खोज्दै हाम्रो कति समय बित्छ । कसैले समय दिन भ्याउदैनन् । कोहि असुरक्षा हुन्छ भन्दै समय दिन चाहदैनन । त्यो हिसाबले यो घटनाको छानबिनको लागि हामीले सिनियर विज्ञ नै टोलीमा राख्यौँ ।
जुन चिकित्सकलाई उजुरी परेको हो उहाँसँग सम्बन्धित विज्ञ व्यक्ति हामीले संयोजकमा राख्छौ ।

त्यस बाहेक अरु विषय पनि गाँसिएको हुन्छ । त्यसैले अन्य विज्ञहरु पनि टोलीमा राखेर सामान्यतया ३ जनाको छानबिन समिति बनाउँछौँ । विज्ञहरुको टोलीले छानबिन गर्छ । कागजपत्र माग्छन र उनीहरुले पनि आवस्यक ठानेमा अरु थप विज्ञहरुद्वारा छनबिन गर्छन प्रमाणको आधारमा व्यक्तिलाई बोलाउने बयान लिने जस्ता प्रकृयाहरु अपनाउछौ ।

कुनै पनि घटना घटदा त्यो बेलामा त्योठाउँमा त्योभन्दा राम्रो विकल्प थियो कि थिएन ? त्यो विकल्प हुँदाहुँदै त्यो उपाय नअपनाएर नियत वा स्वार्थले गरेको हो कि होइन ? त्यो कोणबाट हेरीन्छ । यो घटनामा हाम्रो विज्ञ टोलीले हेरेर अध्ययन गरेर फेरि उहाँहरुले अरु डकुमेन्टहरु मागिरहनु भएको छ ।

त्यस्तै अरु विषयसँग सम्बन्धित विज्ञहरुलाई राखेर उहाहरुसँग राय लिँदै हुनुहुन्छ । फेरि के हुन्छ भने यो घटनाले गर्दा अरु सबैले पाठ सिकुँन फेरि यस्तो घटना नदोहारियोस् भनेर यसलाई गहिराइका रुपमा अध्ययन गरिरहेका छौँ ।
काम गर्दै जाँदा प्रकृया अनुसार जानै पर्छ त्यसैले कहिले काहिँ ढिलासुस्ती पनि हुन्छ । छानबिन हुँदै छ अब केहि समय भित्रै यसको निचोड निस्कन्छ ।

नेपालको समग्र चिकित्सा क्षेत्रमध्ये ७० प्रतिशत निजी क्षेत्रले ओगटेको छ । निजी क्षेत्रले सेवाभन्दा पनि फाइदामुखी देखिन्छन् । लगानी गरिसकेपछि त्यसको प्रतिफल उठाइ हाल्ने प्रवृति छ ।

तर यसो भनिरहदा म उनीहरुलाई पनि दोष लगाउन चाहन्न । राज्य संयन्त्रले चिकित्सा क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई सहजता गरिदिने, करमा पनि सहजता गरिदिने गर्नु आवस्यक छ ।

हामी कहाँ सेवा भन्ने नै छैन । सेवामुलकमा नाफा हुँदैन नाफा भए पनि त्यो नाफा त्यहि संस्थामा लगानी गर्ने हुन्छ । अहिले मानवीय संवेदना हराएर गइरहेको छ त्यसैले सबैले गम्भीर रुपमा सोच्नुपर्न जरुरी छ ।

यस्ता घटना समाजमा दोहोरीन नदिनको लागि राज्य बलियो हुनु पर्छ । राज्यका निति, कानुन र सम्यन्त्र बलियो हुन आवस्यक छ ।

मैले न्याय खोजेको हो : बच्चाका बाबु सञ्जिवचन्द्र न्यौपाने

मेरो अपेक्षा मेरो चाहना क्षतिपूर्तिको होइन । क्षतिपूर्ति स्वरुप मैले कुनै ठुलो रकमको चाह राखेको पनि होइन । मलाई आर्थिक रुपमा ठगेको त होइन । उपचारको क्रममा कति रकम सकियो भन्दा पनि त्यति समय पिढा अनि सँगसँगै रकम लगाए पनि अन्तत के हात पर्यो भन्ने कुराले अर्थ राखेको छ ।

म मेरो तर्कमा ढुक्क छु मेरो बच्चाको उपचारमा अस्पतालले लापरबाही गर्यो । सँगसँगै व्यस्थापनले दुव्र्यवहार पनि । बच्चाको बाँकि जीवन कसरी अघि बढाउन के गर्ने भन्नेमा म र हाम्रो परिवार सोचमग्न छौ ।

म अन्यायमा परेको छु ।

बच्चा जन्मेको २६ दिन भइसकेको थियो । जुन बेला उसको स्वास्थ्यमा थपिदै गरेको समस्याको पहिचानका लागि युएसजी गर्दा रिपोर्टमा पिप जमेको भनिएको थियो । रेडियोलोजीष्टले पिप कति कस्तो अवस्थामा छ भन्नका लागि एमआरआई गर्नु भनेको थियो ।

हामीले पनि आवश्यक पर्छ भने गरौ भन्यौ तर सो गरिएन र ४० दिनपछि मात्र गरियो । के यो सरासर लापरबाही भएन । त्यसैले हामी भन्छौँ अस्पतालले हामीलाई पटक–पटक अन्याय गरेको छ ।

एनआइसीयुमा उपचारका क्रममा लापरबाही भयो, आमाको गर्भबाट संक्रमण बिहिन स्वस्थ्य जन्मेको बच्चामा अकस्मात कसरी इन्फेक्सन देखियो ।

मेरो बच्चालाई एनआईसीयू टोलीले गम्भीरतापूर्वक लिएनन् । उसलाई देखिएको शूरुवाती अवस्थाका समस्यामा गम्भीर भएनन् । परिणाम स्वरुप एक पछि अर्को हुँदै संक्रमण थपिदै गयो । समस्या बढ्दै गयो ।

अन्तत हाम्रो बच्चा हाम्रो सामु अहिले छ तर कहिले सम्म भन्ने प्रश्न उब्जाइदियो अस्पतालले ।
मेरो गुनासो अस्पताल प्रशासन अनि एनआइसियु विभागमा कार्यरत स्वास्थ्य कर्मचारीहरुसँग हो । अस्पताल प्रशासन कतिसम्म लाचार छ ।

पाँचौ अप्रेसन पछि डाक्टरले मेरो बच्चालाई घर लैजानुभन्यो । मैले यो अवस्थामा म कहाँ लैजाऊ ।

घर लगेर के गरौं भन्दा कोहि कसैबाट जिम्मेवार उत्तर पाउन सकिँन । पाएत केवल तिमी अदालन जान सक्छौं । मेडिकल काउन्सील जान सक्छौँ । जहाँ जान मन लाग्छ जान सक्छाै, यस्तो जवाफ ।

त्यसमा पनि अस्पतालको एम डि जस्तो पदमा आसिन व्यक्ति जो स्वयं डाक्टर हुन उनी चक्रराज पाण्डे ।

ग्रान्डीको प्रेस विज्ञप्ति

सोही विषयलाई लिएर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले विज्ञप्ति समेत निकालेका छन् ।
उनले निकालेको विज्ञप्तिमा घटनाको विषयमा आधिकारी नियमन निकायले छानविन शुरु गरिसकेको र उसले निकाल्ने निष्कर्षमा विश्वास राख्ने उल्लेख गरिएको छ ।

अन्तमा,

अहिले काउन्सिलले छानविन प्रक्रिया अगाडि बढाइरहेको छ । ग्रान्डीले के गर्ने र पीडितले के कस्तो न्याय पाउने भन्ने काउन्सिलको निर्णय पर्खनै पर्ने हुन्छ ।

अब काउन्सिलले यस्तो निर्णय गरोस् जसले आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिउन भन्नका लागि नजिर स्थापित होओस् !

 

 

 


  •  
  •  
  •