भिडभाड हुने सरकारी कार्यालय अबदेखि १२ घण्टा खुल्ने

232
  •  
  •  
  •  

singa-garbarकाठमाडौं, ४ मंसिर (ओएनएस) :  जनतालाई सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरु अबदेखि  दैनिक १२ घण्टा खुल्ने भएका छन् ।

मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले बढि भिडभाड हुने सरकारी कार्यालय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुलाउने निर्णय गरेको हो । अहिले यी कार्यालयहरु विहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र खुल्दै आएको छन।

१२ घन्टा खुलाउन लागिएको कार्यालयहरुमा राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, विद्युत् तथा खानेपानीसहितका छन् ।

सरकारले बिहान ६ देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसका लागि सम्बन्धित मन्त्रालयले मङसिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गर्ने र त्यससम्बन्धी गृहकार्य पूरा भएपछि सेवा सुरु गर्ने हुने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजक समितिलाई रु १० लाख दाइजोको नाममा जिउदै जलाइएका रिहानारोश धपाली र चन्दराचन्दन सलवानीलाई राहतस्वरुप एक÷एक लाख प्रदान गर्ने निणर्य समेत गरेको छ ।


  •  
  •  
  •