मोर्चाद्वारा सरकारी गाडी तोडफोड

108
  •  
  •  
  •  

काठमाडौँ, २ जेठ(ओएनएस) : सिंहदरबार घेराउका क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनका कार्यकर्ताले एक सरकारी गाडी तोडफोड गरेका छन् ।

सिंहदरबार घेराउको क्रममा मोर्चाका कार्यकर्ताले माइतीघर नजिकै बा १ झ ३६१० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । ठूलो संख्यामा तैनाथ प्रहरीलाई पनि झूक्याएर सरकारी गाडी तोडफोड गरेका हुन् ।

मोर्चाको सिंहदरबार घेराउ कार्यक्रमले माइतीघर मण्डला क्षेत्रको सवारी आवगमन प्रभावित भएको छ । माइतिघरमा सयौंको संख्यामा प्रदर्शनकारी छन् । यद्यपी शीर्ष नेताहरू भने अहिलेसम्म देखिएका छैनन् । प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति आएको छैन ।


  •  
  •  
  •