अलग राज्य मागिरहेको लिम्बुवानसँग वार्ता हुँदै

175
  •  
  •  
  •  

काठमाडौं, ४ असार (ओएनएस) । नयाँ संविधानमा सबैको मुद्दा समेट्न मुलुकका विभिन्न भागमा सशस्त्र आन्दोलन गरिरहेका भुमिगत समुहसँग वार्ताको तयारी भएको छ । संविधानसभा अन्र्तगतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पुर्वी पहाडमा सशस्त्र आन्दोलन गरिरहेका विभिन्न पाँचवटा समुहसँग वार्ता गर्ने जिम्मेवारी सभासद रामकुमार खुम्वुलाई दिएका थियो ।
हाल पुर्वी पहाडमा अलग राज्यको माग गर्दै स्टेटफोर्स लिम्वुवानले भुमिगत रुपमा सशस्त्र आन्दोलन गर्दै आएको छ । लोहाङ कङलिया सेकम लिवाङले नेतृत्व गरेको यो समुह छुट्टै राज्यको माग गर्दै आएको छ ।
यसैगरी पल्लो किरात लिम्बुवान, किरात जनवादी वर्कश पार्टी, खुम्बुवान मुक्ति मोर्चा र संयुक्त जातीय मोर्चा भुमिगत राजनीतिमा छन् । सरकारले भने मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिताका विषयमा कुनै पनि वार्ता नगर्ने नीति लिएपछि स्टेटफोर्स लिम्बुवान अलग्गै राज्यको माग छोड्न तयार भएको वार्ता गर्ने जिम्मा पाएका सभासद खुम्बुले बताए ।
अहिले सशस्त्र समुहसँग सम्पर्क स्थापित भइसकेको र अब वार्ताको प्रक्रियाका विषयमा सहमति जुटाएर उनीहरुसँग वार्ता गर्ने तयारी भएको खुम्बुले जानकारी दिए ।


  •  
  •  
  •