भारतसँग कूटनीतिक–राजनीतिक संवाद सँगसँगै अघि बढाइने

231
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक(ओएनएस) : सरकारले भारतसँग कूटनीतिक–राजनीतिक संवाद सँगसँगै अघि बढाउने भएको छ । संविधानका विशेषताबारे जानकारी दिने, मधेसी मोर्चासँग सम्वाद जारी राख्ने र कुटनीतिक पहलसँगै बढाउने गरि तयारी गरेको छ ।

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री भीम रावललाई आन्तरिक रुपमा सबैमन्त्री र दलका नेतासँग छलफल गर्ने जिम्मेवारी दिएका छन् । अझै १५-२० दिन भारतको ब्यवहार हेरेर अन्र्तराष्ट्रिय समुदायसँग प्रस्ताव अघि बढाउने सरकारले तयारी गरेको छ । मन्त्री भीम रावलले समस्या समाधानका लागि सरकारले सबै विकल्पमा छलफल गरिरहेको जानकारी दिएका छन् । त्यसका आधारमा नै सरकारले न्यूनतम साझा कार्यक्रम बनाउने पनि बताएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलको संयोजकत्वमा गठित कार्यदलले गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम तयार गरिसकेको छ । न्यूनतम साझा कार्यक्रमलाई सरकारको श्वेतपत्रका रुपमा अघि सार्ने तयारी छ ।

चीनसँग सबै नाका खुला गरेर तत्कालै केही ठूला परियोजनामा सम्झौता गर्ने र विगतमा थाती रहेका सन्धि–सम्झौतालाई पनि अघि बढाउने तयारी भइरहेको छ । करिब १० खर्ब रुपियाँ बराबरको परियोजनामा केही समयमा नै सम्झौता हुने सरकार एक उच्च मन्त्रीले जानकारी दिएका छन् ।


  •  
  •  
  •