आजदेखि सरकारले दाउरा बिक्री गर्दै

216
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(ओएनएस) : भारतको अघोषित नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि सरकारले खाना पकाउनका लागि विकल्पको रूपमा दाउरा बिक्री गर्ने भएको छ ।

वन मन्त्रालयको निर्णय अनुसार टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)ले काठमाडौं उपत्यकाका उपभोक्ताहरुलाई आजबाट दाउरा बिक्री गर्न लागेको हो । काठमाडौँको गौशाला र ललितपुरको बालकुमारीबाट केहीबेरमा दाउरा बिक्री गर्न लागिएको छ ।

एक केजीको १५ रुपैयाँका दरले दाउरा बिक्री गरिनेछ । एक महिनासम्म पुग्ने अनुमानसहित एकसय केजी दाउरा एउटा परिवारलाई बिक्री गरिनेछ । व्यक्तिलाई एकसय केजीसम्म र संस्थाहरुलाई १७ रुपैयाँका दरले ५ सय केजीसम्म दाउरा बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

मुढा नचिरी उपभोक्ताहरुलाई बिक्री गर्ने तयारी गरिएको छ । टिसीएनले आफूले मुढा बिक्री गरेपनि दुवै डिपोमा मुढा चिर्नका लागि मजदूरको व्यवस्था हुने बताएको छ । मुढा चिर्न लाग्ने खर्च भने उपभोक्ताले आफैं व्यहोर्नुपर्ने छ ।


  •  
  •  
  •