नाका सहज हुने सरकारको विश्वास

203
  •  
  •  
  •  

काठमाडौँ, ११ माघ(ओएनएस) : संविधान संशोधन भएपछि भारतको अघोषित नाकाबन्दी र आपूर्ति सहज हुने आशा गरिएको थियो । सरकार पनि अब नाकाबन्दी खुल्ने र आपुर्ति सहज हुने विश्वासमा छ ।

संशोधनमार्फत मधेसी मोर्चाको माग सम्बोधन भएका कारण परिस्थिति सहज हुने प्रमुख दलहरूले विश्वास गरेका छन् । यस्तै, सरकारले संविधान संशोधन गरेपछि नेपाल-भारत सीमानाकामा रहेको अवरोध हटेर आपूर्ति सहज हुने विश्वास गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले मधेसी मोर्चाको माग संशोधनमार्फत पुरा भएपछि भारतीय नाकाबन्दी चाँडै खुल्ने बताएका छन् । १-२ दिनमा नै त्यसको बारेमा संकेत प्राप्त हुने उनको भनाई छ । संविधान संशोधन हुनु अघि पनि सरकारका मन्त्रीहरू तथा प्रमुख दलका नेताहरूले संविधान संशोधन भए लगत्तै नाकाबन्दी खुल्ने दावी गर्दै आएका थिए ।

तर, सरकारको अपेक्षाअनुरूप नाकाबन्दी खुलेको छैन् भने संशोधनपछि आईओसीले रक्सौल डिपोबाट इन्धन भर्न समेत आनाकानी गरेको समाचार आइरहेको छ । यसले नाकाबन्दी चाँडै सहज हुन्छ भन्ने विषयमा गम्भिर प्रश्न उत्पन्न भएको छ ।


  •  
  •  
  •