काठमाडौं, १८ असार (ओएनएस) । विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पेस गरेको सरकारका नीति तथा कार्यक्रम देशका जल्दाबल्दा समस्या समाधान गर्न असफल रहेको आरोप लगाएका छन् । कार्यक्रम अष्पष्ट, दिशाहीन, कर्मकाण्डी र यथास्थितीको चक्रव्यूहमा रहेको उनिहरूको आरोप छ । सत्तारुढ दलका सांसदहरूले भने सरकारका नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।
सरकारका नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसद्मा जारी छलफलमा भाललिँदै उनीहरूले सरकारका नीति कार्यक्रमले जनताका समस्या सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन् । नेकपा एमालेका भरतमोहन अधिकारीले देशका समस्या समाधानगर्न सरकारका नीति तथा कार्यक्रम सफल नभएको दावी गरे । उनले नीति तथा कार्यक्रमले लगानी भित्र्याउन असफल रहेको टिप्पणी गरे । एकीकृत माओवादीका कृष्णबहादुर महराले सरकारका नीति तथका कार्यक्रमले जनताका आधारभूत समस्या सम्बोधन गर्न नसकेको बताए । राप्रपाका दीपक बोहोराले कृषि मल कारखाना स्थापना गर्न माग गरे ।
सांसदले सदनमा उठाएका प्रश्नको कार्यबहाक प्रधानमन्त्री बावदेव गौतमले जवाफ दिएपछि बुधबारै नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम छ । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी असार २७ गते व्यबस्थापिका संसदमा नयाँ बर्षको बजेट ल्याउने छ ।