सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत…(पूर्णपाठसहित)

124
  •  
  •  
  •  

काठमाडौँ, २६ बैशाख(ओएनएस) : सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद नयाँ बानेश्वरमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । ओली सरकार निर्माण भएको सात महिनापछि नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

सरकारको नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आत्मनिर्भर अर्थप्रणालीमा केन्द्रित छ । यस्तै, सरकारले आगामी मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा पनि यसै नीति तथा कार्यक्रममार्फत गरेको छ । यस्तै, भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारको कार्यक्रम समेत ल्याएको छ ।

नीति तथा कार्यक्रममार्फत सरकारले आर्थिक विकासमा जोड दिएको छ भने आगामी दुई वर्षभित्र माग बमोजिम विद्युत आपूर्ती गर्ने, केही वर्षभित्र सम्पूर्ण कृषि-योग्य भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ प्रविधीको प्रयोग गर्ने, पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-बुटवल खण्डलाई चार लेनको बनाउने, कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क गर्ने लगायतका नीति तथा कार्यक्रम रहेका छन् ।

पढ्नुस् के-के छ सरकारको नीति तथा कार्यक्रममा…(पूर्णपाठसहित)


  •  
  •  
  •