नयाँ सरकार गठनका लागि आव्हान गर्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई आग्रह गर्ने

391
  •  
  •  
  •  

Sushil-Koirala-Rambaran Yadavकाठमाडौँ, १५ असोज(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय सरकार गठनका लागि आव्हान गर्नका लागि राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गर्ने भएका छन् ।

शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले सहमतीय सरकार गठन गर्नका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो । यसका लागि प्रधानमन्त्री कोइराला राष्ट्रपति भवन शीतल निवास जानेछन् । यस्तै, प्रमुख तीन दलबीच भएको सहमतिअनुसार संविधान संशोधानको प्रस्ताव पनि संसदमा पेश गर्ने निर्णय सरकारले गरेको छ । यसका लागि सरकारले कानुन मन्त्रालयलाई जिम्मा दिएको छ ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ । संवैधानिक ब्यवस्थाअनुसार सहमतीय सरकारका लागि ७ दिनको म्याद रहनेछ । उक्त म्यादसम्ममा सहमतीय सरकार गठन हुन नसके बहुमतीय प्रक्रियाअनुसार सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई आह्वान गर्ने व्यवस्था रहेको छ ।

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशी प्रतिनिधित्वलगतयका विषयमा संविधान संशोधन प्रस्ताव सरकारका तर्फबाट पेश हुनेछ ।

आज ५ बजेपछि बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्नेछन् । राष्ट्रपतिले सहतीय सरकारका लागि आह्वान गरेलगत्तै कोइराला राजिनामा दिए सरहको कामचलाउ अवस्थामा रहनेछन् ।


  •  
  •  
  •