सरकारद्वारा ५ सहसचिवको सरूवा

159
  •  
  •  
  •  

काठमाडौँ, १० मंसिर(ओएनएस) : सरकारले ५ सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।

सरकारले सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरेको छ भने रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका ऋषिराज शर्मालाई पनि गृह मन्त्रालयमा, कमलप्रसाद भट्टराईलाई पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयका डन्डुराज घिमिरेलाई पर्यटन मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै, सरकारले भूकम्प अतिप्रभावित जिल्लाहरुमा ५० वटा अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले अस्थायी टहरोमा बस्दै आएका भूकम्प पीडितहरुलाई जाडोमा थप समस्या भोग्न नपरोस् भनेर ५० वटा सामुहिक आवास बनाउने निर्णय गरेको हो ।


  •  
  •  
  •