डा. गोविन्द केसी फेरि आमरण अनसनमा

304
  •  
  •  
  •  

काठमडौं ८ चैत (ओएनएस) : चारपटक आमरण अनसनमा बसेका प्रा. डा. गोविन्द केसीले आजदेखि फेरि आमरण अनसन थाल्दैछन् । चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका पक्षमा उनले पाँचौ पटक अनसन बस्न लागेका हुन । पहिलो पटक जुन मुद्दामा उनले आमरण अनसन सुरु गरेका थिए पाँचौ पटक पनि मुद्दा भने फेरिएका छन् ।

चार–चार पटक अनशन बस्दा सरकारले आफूसँग गरेका सम्झौता पालना नभएपछि फेरि आमरण अनसन बस्न लागेको केसीले बताए ।  चिकित्सा शिक्षालाई नियमन गर्नेलगायत आफूसँग भएका सम्झौताविपरीत सरकारी निकायबाट एकपछि अर्को निर्णय भइरहेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका डा. केसी फेरि अनशनमा बस्न लागेका हुन्।

उनले पूर्वाधार नपुगेका कलेजलाई सिट घटाउनुको सट्टा बढाउने काममा संलग्न विश्वविद्यालय र काउन्सिलका पदाधिकारीमाथि पनि कारबाही गर्नुपर्ने माग राखेका छन्। अस्पतालको सेवामा कुनै प्रभाव नपार्ने गरि आन्दोलन गर्ने उनकोे भनाई छ । चिकित्सा शिक्षा राष्ट्रिय नीति बन्नुपर्ने उनकोे माग छ ।

ज्यान गए पनि यसपटक सम्झौता नगर्ने उनको भनाई छ । ‘मैले पटक पटक एउटै मुद्दामा माग गरे’ केसीले ओएनएससँग भने, ‘यहाँ दलहरुदेखि सबै माफियाको चङ्गुलमा फसेका छन् अब मेरो आन्दोलन वार की पारको हुनेछ ।’

चिकित्सा शिक्षालाई नियमन गर्नेलगायत आफूसँग भएका सम्झौताविपरीत सरकारी निकायबाट एकपछि अर्को निर्णय भइरहेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका केसी फेरि अनशनमा बस्न लागेपछि अरु चिकित्सकले पनि चासो राखेका छन् ।


  •  
  •  
  •