अनसनरत डा.केसीमा माग सम्बोधन गर्न चिकित्सक संघको माग

99
  •  
  •  
  •  

काठमाडौं । नेपाल चिकित्सक संघले १७ दिनदेखि सत्याग्रहमा बसिरहेका डा.गोविन्द केसीमा माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार संघले विज्ञप्ति जारी गरि डा.केसीको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गरी अबिलम्ब वार्ता टोली गठन गरि उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो। डा.केसीको जीवन रक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएकाले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथाशीघ्र समाधान निकाल्न माग गरेको छ।

संघका महासचिव डा.बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा केसीको सत्याग्रहको आज १७ औं दिन भइसक्दा पनि वार्ता टोली गठन गर्न र जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकार आफैले डा.केसीसँग १८औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता अनुसार उनका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको उल्लेख गर्दै चिकित्सक संघले भनेको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा। केसीको जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो। त्यसैले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’

हेर्नुहोस्

 

 


  •  
  •  
  •