डा.केसीलाई ट्रमा सेन्टर लगियो

92
  •  
  •  
  •  

काठमाडौं । अनसनकै क्रममा काठमाडौं आएका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको हो । नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।

सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरीले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइ ट्रमा सेन्टर पुर्‍याएका हुन् ।

गएको भदौ २९ गते जुम्लामा अनसन शुरु गरेका केसी सोमबार नेपालगञ्ज आएका थिए । जहाज नपाएपछि सोमबार उतै रोकिएका उनी मङ्गलबार काठमाडौं आएका हुन् । उनले अनसनलाई निरन्तरता दिने बताएका छन् ।

डा. केसीको माग पूरा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् ।


  •  
  •  
  •