डा.केसीले तोडे अनशन

363
  •  
  •  
  •  

काठमाडौं । डा. गोविन्द केसीले २८ औं दिनमा अनशन तोडेका छन्। शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्। अनशन तोडेपछि उनलाई आइसीयुमा भर्ना गरिएको छ।

शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए। सहमति डा.केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने विषय उल्लेख छ।

डा. केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।

त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । तर डा. केसीले आफू त्रिवि शिक्षण अस्पताल नै जाने अडान राखेपछि उनलाई त्यहाँ लगिएको थियो ।


  •  
  •  
  •