गभर्नर सिफारिसमा विवाद

155
  •  
  •  
  •  

काठमाडौं ५ चैत (ओएनएस) :  नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसमा विवाद भएको छ । पूर्व सचिव युवराज भूषाल र चिरञ्जीवि नेपालका विषयमा विवाद भएपछि भूषालको नाम नै सिफारिसबाट हटाइएको छ । तर सिफारिस समितिका सदस्य हिमालयन शमसेर राणा र पार्थिवेश्वर तिमिल्सेनाले असहमति जनाएका छन् ।

आज सिफारिसका विषयमा लिखित निणर्यभएपछि मन्त्रिपरिषदमा पठाइनेछ । आज बस्ने मन्त्रिपरिषदको बैठकले सिफारिस समितिको सिफारिसका आधारमा आज नियुक्त गर्नेछ । गभर्नरका लागि सिफारिस गर्न गठित समितिले तीनजनाको नाम टुंगो लगाएको छ ।

अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित समितको हिजोको बैठकले तीनजनाको नाम टुंगो लगाएको हो ।

सिफारिसमा गर्न प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरहरु महाप्रसाद अधिकारी र गोपाल काफ्लेको नाम समावेश गरिएको छ । तर तीन मध्ये प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपालको संभावना अब बलियो देखिएको छ ।

मन्त्रिपरिषद्ले अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा पूर्वगभर्नर र एकजना अर्थविज्ञ राखेर सिफारिस समिति बनाएको थियो । विज्ञका रुपमा समितिमा सहभागि तिमल्सिनाले हिजो सिफारिस भएको कुरा गलत भएको र आज मध्यान्नसम्ममा सिफारिस हुने बताए ।

उनले नाम टुङ्गो मोटामोटी लागेपनि सिफारिस नहुन्जेल यनै नाम हुन भन्न नसकिने बताए । वर्तमान गभर्नर डा युवराज खतिवडाको कार्यकाल आज सकिंदैछ । गभर्नरका विषयमा निणर्य लिन मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बोलाइएको छ ।


  •  
  •  
  •