गर्भनर नियुक्तिमा कांग्रेसमा ध्रुवीकरण, नेपाल की भुसाल ?

506
  •  
  •  
  •  

काठमाडौं,  ४ चैत (ओएनएस) : कांग्रेस उपसभापति रामचन्द्र पौडेल मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । उनको चासो थियो गर्भनर नियुक्तिमा । मंगलबार नै कांग्रेस नेतृ सुजाता कोइराला पनि बालुवाटार पुगेर गर्भनर नियुक्तिका विषयमा अर्तमन्त्रीसँग छलफल गर्नुपर्ने प्रधानमन्त्रीसँग बताउँदै थिइन् । दुवैको दवाव फरक–फरक व्यक्तिका लागि थियो ।

कांग्रेस उपसभापति पौडेलले आफ्ना सम्धी युवराज भुसाललाई गभर्नर बनाउन दबाब दिएका छन् । कोइरालाको मत प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवि नेपालको पक्षमा छ ।

दुई नेताको फरक–फरक लविङपछि गर्भनर नियुक्तिमा नेपाली कांग्रेसको नेतृत्वमा ध्रुवीकरण देखिएको छ । गभर्नर चर्चामा अन्य व्यक्ति भएपनि कांग्रेसभित्र चर्चाको केन्द्रमा भूषाल र नेपाल मात्रै छन् । कांग्रेसका एक नेता भन्छन् ‘कांग्रेस निकट मानिने अरु व्यक्ति पनि छन् तर, दुई जनाको विषयमा कांग्रेसका ध्रुवीकरण नै देखिएको छ ।’

ठूलो किचलो संस्थापन पक्षमा नै देखिएको छ । महाधिवेशन नजिक आएकाले प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला अप्ठ्यारोमा परेका छन् । राजनीतिक प्रभाव र लबिङकै कारण सम्भावित सूचीमा सबैभन्दा अगाडि भुसालको नाम छ । सिफारिस समितिका संयोजक अर्थमन्त्री रामशरण महतको झुकाव पनि भूसालकै पक्षमा रहेको स्रोतको दावी छ । ०५६ सालमा पनि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र महेश आचार्य अर्थमन्त्री छँदा गभर्नरका विषयमा पार्टीभित्रै दुई धार देखिएको थियो ।

सिफारिस समितिले बुधबारसम्ममा राष्ट्र बैंकको गभर्नरको नाम सिफारिश हुने भएको छ । महत नेतृत्वको तीन सदस्यीय सिफारिश समितिले बुधबार तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । मन्त्री महत नेतृत्वको समितिमा पूर्वगर्भनर हिमालयशम्सेर राणा, र अथविद् पार्थिवेश्वर तिमिल्सेना सदस्य छन् ।

समितिका सदस्य तिमिल्सेनाले आज साँझसम्म सिफारिश हुने बताए । ‘हामी छलफलमा छौ, विभिन्न नामहरु आएका छन्’ तिमिल्सेनाले ओएनएससँग भने ‘आज साँझसम्म हामी नाम सिफारिश गर्नेछौ ।’ उनले नाम छान्न समिति पनि दवावमा रहेको बताए ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेपाल, पूर्वसचिव भुसाल र रामहरि अर्याल, रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा, राष्ट्र बैंकका डेपुटि गर्भर गोपालप्रसाद काफ्ले चर्चामा छन् । काफ्ले सहित भूसाल र नेपालको सिफारिश हुनेगरि छलफल नजिक रहेको छ । आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि गभर्नर युवराज खतिवडाले शुक्रबारदेखि अवकाश लिनेछन् ।

याे पनि पढ्नुहाेस् :- गर्भनरमा तीन जनाको नाम छानियो


  •  
  •  
  •