नवनियुक्त गभर्नर नेपालले लिए पद तथा गोपनीयताको शपथ

171
  •  
  •  
  •  

काठमाडौं,  ८ चैत (ओएनएस)  :  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर चिरञ्जीवी नेपाललाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाललाई कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सर्वोच्च अदालतमा आइतबार गभर्नर नेपाललाई शपथ गराएका हुन्।

नेपाललाई बिहिबारको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। गभर्नरलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ गराउने व्यवस्था छ।

शपथपछि गभर्नर नेपालले केन्द्रीय बैंकमा पुगेर अपराह्न पदबहाली गरे। पद बहालीपछि उनले समस्याग्रस्त घोषित क्रिस्टल फाइनान्सका निक्षेपकर्ताहरुलाई उनीहरुको रकम क्रमशः फिर्ता गर्दै जाने निर्णयलाई सदर गरेका छन्।

गभर्नर नेपाललाई डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीका साथै नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीले स्वागत गरेका थिए।

बहालीपछि सञ्चारकर्मीहरुको जिज्ञासामा मुलुकको वित्तीय स्थायित्वलाई आफूले पूर्ण प्रतिबद्धता र प्राथमिकताका साथ अघि बढाउने बताए।


  •  
  •  
  •