विराटनगर, २ पुस(ओएनएस) : गत वर्ष पुस १ गते देखी तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सेवाग्राहीको बढि चाप हुने सरकारी कार्यालयहरूमा बिहानी सेवा सुचारू गरेका थिए । पर्याप्त गृहकार्य बिना सुरू गरिएको बिहानी सेवा प्रभावकारी भएको छैन । सरकारी स्तरबाट सर्वसाधरणलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्न बिहानी सेवा सुचारू गरिएपनि प्रचार प्रसार गर्न नसक्दा प्रभावकारी नभएको हो ।
तत्कालिन समयमा सेवाग्राहीहरु आएपनि अहिले भने बिहानी सेवा प्रभावकारी छैन् । सेवाग्राहीको बढी चाप हुने भएकाले मोरङका प्रशासन, नापी र मालपोत कार्यलय बिहानी सत्र देखी नै सञ्चालन ल्याइयो । तर, सेवाग्राही भने नगन्य मात्रामा आउने गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
बिहानी र बेलुकीको सेवा प्रभावकारी हुन नसकेको मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी बताउँछन् । सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्य अनुसार सरकारले सुरु गरेको भएपनि सोचे अनुसार प्रभावकारी नरहेको उनको भनाई छ ।
तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पहिलो चरणमा काठमाडौं, मोरङ, रुपन्देही, बाँके, कैलाली, पर्सा जिल्लामा बिहानी सेवा सुचारु गरेका थिए तर, सेवा प्रभावकारी नभएपछि अन्य जिल्ल्लामा बिहानी सेवा सुरू गरिएको छैन ।
जिल्ला प्रशासनमा बिहानी सत्रमा राहदानी, नागरिकता र लेखाको काम हुने गरेको छ । तर, सेवाग्राही भने आउँदैनन् । सेवाग्राही नआएपछि कर्मचारीपनि समयमा नै कार्यालय आउँदैनन् ।
बिहानी ६ बजे समय नै उपयुक्त नभएको अधिकारी बताउँछन् । ‘उपयुक्त समय ७ बजे हुनसक्छ ।’, उनी भन्छन्, ‘विदेशतिर त्यही प्राक्टीस छ ।’
बिहानी सेवाकालागि सेवाग्राही आएपनि ९/१० बजेसम्म कुर्नु पर्ने बाध्यता छ । जिल्ला प्रशासन कार्यलयका अधिकृत रोहीणी आचार्य भन्छन्, ‘प्रशासन खुलेपनि बजार खुलेको हुदैनन । सेवाग्राहीले सामान्य फोटोकपी समेत गर्न ९ बजे सम्म कुर्नु पर्छ ।’
सबै क्षेत्रको तालमेल नमिलेका कारण बिहान सोच अनुसार सेवाग्राही आउन नसकेका हुन् । प्रशासन खुलेपनि बिहान फोटोकपी, हुलाक टिकट किन्न पाउने अवस्था छैन । बिहान आएपनि कुर्नु पर्ने भएकाले सेवाग्राही नआएका हुन/ ।
बिहानी सेवा सुरु गरिएका नापी र मालपोत कार्यलयको अवस्थापनि उस्तै छ । नापी र मालपोतमा पनि बिहानी सेवामा सेवाग्राही आउँदैनन् । आएपनि नगन्य मात्रामा आउने गरेका छन् । बिहान बजार नखुल्ने भएकाले सेवाग्राही चाप नभएको बताइएको छ ।
सर्वसाधारण सेवाग्राहीको बढी चाप हुने गरेका काठमाडौंलगायत छ जिल्लाका सरकारी कार्यालयहरुमा गतवर्ष पुस १ गतेदेखी सेवा शुरु गरिएको थियो ।
बिहान ६ देखि १२ बजेसम्म र १२ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गर्ने भनिएपनि प्रभावकारी छैन ।