गर्भनरमा तीन जनाको नाम छानियो

335
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : नेपाल राष्ट्र बैंकको गर्भनरमा तीन जनाको नाम नामलाई अन्तिम रुप दिएको छ । अन्तिम रुप दिएका तीनै जनाको नाम भोलिसम्ममा सिफारिस गर्ने तयारी छ । रामशरण महत मन्त्री नेतृत्वको सिफारिस समितिले गर्भनरमा तीन जनाको नामलाई अन्तिम रुप दिएको हो ।

समितिले पूर्व सचिव युवराज भुसाल, प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल र नेपाल राष्ट्र बैंकमा डेपुटि गभर्नर गोपाल प्रसाद काफ्लेको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतको दावी छ । ‘पहिलो नम्बरमा भुसाल, दोस्रो नम्बरमा नेपाल र तेस्रो नम्बरमा काफ्लेको नाम सिफारिस हुनेछन्’ सरकार एक उच्च अधिकारीले भने ।

अर्थमन्त्री संयोजक रहेको समितिमा पूर्व गर्भनर हिमालयन शम्शेर राणा र राष्ट्र बैंकका पूर्व सञ्चालक समिति सदस्य पार्थिवेश्वर तिमिल्सिना सदस्य छन् ।   सिफारिस समितिका सदस्य तिमिल्सेनाले भने खुलान चाहेनन । उनले चर्चामा रहेका नामहरु नै सिफारिस हुन सक्ने बताए ।

‘हामीले केही नामहरु छानेका छौ अन्तिम रुप दिन बाँकी छ’ उनले ओएनएससँग भने ‘बुधवारसम्ममा सिफारिस हुन्छ तर भइहालेको छैन । ‘ अब आउने मन्त्रिपरिषद बैठकले गर्भनर नियुक्त गर्नेछ । आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि युवराज खतिवडाले  बिहिबार अवकाश लिने छन् ।


  •  
  •  
  •