सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

329
  •  
  •  
  •  

 
काठमाडौं, ५ असार (ओएनएस) कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिँदै आएका १३ साना दलले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

सरकारलाई सथर्मन गरेपनि सरकारले आफूहरुको मुल्यांकन नगरेको भन्दै १३ साना दल भने समर्थन फिर्ता लिने पक्षमा पुगेका नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले जानकारी दिए । उनले तत्कालै समर्थन फिर्ता लिने पक्षमा भएपनि प्रधानमन्त्री कोइराला उपचारको क्रममा अमेरिकामा भएका कारण मानवीय संवेदनालाई ख्याल राख्दै प्रधानमन्त्री आाएपछिमात्र फिर्ता लिने बताए ।

‘सरकारलाई समर्थन गरेपनि सरकारले हामीलाई कुनै सम्बोधन नै गरेन, ढकालले भने,‘न साना दललाई मन्त्री बनाइयो, न संसदीय समितिको सभापति दिने कुरा भएको छ, न त राजदुत नै हाम्रो भागमा परेका छन् ।’

उनले सरकारको नीति तथा कार्यक्रममा आफ्ना माग सम्बोधन नगरिएको र बजेट निर्माणमा सरकारलाई समर्थन गर्ने दलसँग सल्लाह नगरेको भन्दै समर्थन फिर्ताको तयारी भएको बताए । ‘साथीहरु त तत्काल फिर्ता लिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, उनले भने,‘प्रधानमन्त्री उपचार गरेर आएपछि भने समर्थन फिर्ता लिने कुरा छ ।’

समर्थन फिर्ता लिनुपर्ने पक्षमा नेपाल परिवार दल, जनजागरण पार्टी, दलित जनजाति पार्टी,थरुहट तराई पार्टी, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चालगायत १३ दल रहेका छन् । ‘सरकार एकलैटी ढंगले अगाडि बढेपछि हामीले समर्थन किन दिने भन्ने प्रश्न खडा भएको छ, थरुहट तराई पार्टीका सभासद गोपाल दहितले भने,‘समर्थन फिर्ता दिने विषयमा हामीबीच गंभिर छलफल भएको छ । केही दिनभित्रै निर्णय गर्छौ ।’

सरकार गठन हुँदा समर्थन गर्ने १३ सना दलले समर्थन फिर्ता लिएपनि सरकार अल्पमतमा पर्ने अवस्था भने छैन् । सुशील कोइराला नेतृत्वको सरकारको पक्षमा ४ सय ५ मत र विपक्षमा १ सय ४८ मत खसेको थियो । बर्तमान सरकारलाई एमाओवादी, राप्रपा नेपाल, फोरम नेपाल र फोरम लोकतान्त्रिक लगयतका मधेसवादी बाहेकका सबै दलले समर्थन गरेका थिए ।


  •  
  •  
  •