सरकारी तलब खाएर निजी अफिसमा काम गर्ने २८ हजार

112
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ७० हजार सरकारी कर्मचारीमध्ये २८ हजारले निजी क्षेत्रमा दाहोरो काम गरिरहेको बताएका छन्।  एमाले जिल्ला कमिटी मोरङद्वारा आज पार्टी कार्यालयमा आयोजित छलफलमा उनले सरकारको तलब भत्ता खाने तर निजी क्षेत्रमा कार्य गर्ने त्यस्ता कर्मचारीलाई कारबाही गर्ने बताए।

पन्डितले आफू कर्मचारीको मात्र नभई समग्र देशवासीको मन्त्री भएकाले देशमा सुशासन कायम गर्न लागिपरेको धारणा व्यक्त गरे । मन्त्री पण्डितले सुकुम्वासी समस्या समस्या समाधानका लागि विगतका आयोगले सम्पन्न गरेको बिन्दुबाट काम अघि बढाइने बताए ।

उनले सेवाग्राहीको प्रत्यक्ष सम्पर्क भएका कार्यालय आउँदो पुस १ गतेबाट विहान ६ बजेदेखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा आउने जानकारीसमेत दिए।पत्रपत्रिकाबाट


  •  
  •  
  •