२५ बैशाखमा सरकारको नीति तथा कार्यक्रम

94
  •  
  •  
  •  

काठमाडौं २० बैशाख ।
आगामी २५ बैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । व्यवस्थापिका संसद्को बैठकमा सो दिन १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने टुंगो भएको हो ।

आगामी १५ जेठमा अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्नुपर्ने संविधानको व्यवस्थावमोजिम आइतबार बजेट पेस गर्नुअघिका कार्यक्रमहरुलाई अन्तिम रुप दिइएको छ । बजेट १५ जेठको ४ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रस्तुत हुने भएको छ ।

मंगलवार ११ बजे बस्ने व्यवास्थापिका संसद्को पहिलो बैठकमा अधिवेशन आह्वानसम्वन्धी पत्र पढेर सुनाउने लगायतका कार्यहरु गरिएपछि सोही दिन दोस्रो बैठक बस्नेछ ।
राजधानीबाट


  •  
  •  
  •