नीति तथा कार्यक्रम माथि आजदेखि छलफल

107
  •  
  •  
  •  

काठमाडौं १७ असार (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका–संसदमा आइतबारको बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०७१र०७२ को नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ। आज र भोलि दुईदिन छलफल हुनेछ ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले बोल्नेक्रम सकिए लगत्तै उनीहरुले उठाउनुभएको जिज्ञासा र प्रश्नको प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामेदव गौतमले जवाफ दिनेछन् ।
राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उक्त प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गरिने प्रावधान छ । संसदको बैठक बिहान ११ बजे बस्नेछ ।


  •  
  •  
  •