सरकारले एक बर्षमा गरेको उपलब्धि आज सार्वजनिक

154
  •  
  •  
  •  

काठमाडौं ८ फागुन (ओएनएस) : एक बर्ष पुगेको १० दिनपछि सरकाले आफ्ना एक बर्षका उपलब्धि सार्वजनिक गर्ने भएको छ । कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले एक वर्षमा गरेका र गर्न नसकेका कामको सूची सहित आज बिबरण सार्वजनिक गर्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गरि सरकारले बिबरण सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारका तर्फबाट सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमार्र्फ प्रगति सार्वजनिक गनछन् ।

कांग्रेस र एमालेको सात बुँदे सम्झौता अनुरुप २०७० माघ २७ गते कोइराला नेतृत्वको संयुक्त सरकार गठन भएको थियो । एक वर्षमा प्रधानमन्त्री कोइरालाले सार्कको सफल आयोजना गरे । यसका साथै भारतसँगको विद्युत् व्यापार सम्झौताका साथै माथिल्लो कर्णाली र अरुण तेस्रोमा आयोजना विकास सम्झौता गर्न कोइराला सफल भए । यी बाहेक कोइरालाले प्रधानमन्त्री भएको यो एक वर्षमा खासै उल्लेखनीय काम गरेका छैनन् ।

माघ ८ मा संविधान बनाउने बाचा गरेर सरकारको नेतृत्व गरेका कोइरालाले निर्धारित समयमा संविधान दिन नसक्नु उनको सबैभन्दा ठूलो असफलता हो ।


  •  
  •  
  •