सरकारद्वारा ६ जना राजदुतको सिफारिस (सूचीसहित)

62
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ (ओएनएस) :सकारले ६ देशका लागि ६ जना राजदुतको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई स्विटजरल्याण्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा र अम्बिका लुईटेललाई फ्रान्सको लागि राजदुत सिफारिस गरेको छ ।

यी नाममा संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि सरकारले नियुक्त गर्नेछ । लामो सदेखि भारतमा राजदुत खाली भए पनि भारतका लागि भने राजदुत सिफारिस गरिएको छैन । करिब डेढ दर्जनमा राजदुतको पद रिक्त छ ।

बैठकले बीमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुर र बाणिज्य बैंकको अध्यक्षमा रेवतीबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले अधिकार सम्पन्न एकीकृत बाग्मती विकास समितिको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । यस्तै दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यलाई नियुक्त गरेको छ ।

परराष्ट्रमन्त्रीको सूचीमा प्रधानमन्त्रीको कैंची


  •  
  •  
  •